व्यास नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग
मकालु खबर
२०८१ असोज २१ गते
दमौली । व्यास नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ ।
देशभरका विपत्तिमा सहयोग पु–याउने उद्देश्यले नगरपालिकाले उक्त कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले हालै आएको वर्षाबाट प्रभावित नगरपालिकाअन्तर्गत सबै वडाहरुको विवरण सङ्कलन गरी प्रभावित घर, खानेपानी र सडक संरचना पुनःस्थापना गर्ने निर्णय गरेको प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।
बैठकले नगर क्षेत्रभित्र बढ्दो डेङ्गीको सङ्क्रमणबाट जोगिन नगरवासीलाई आग्रह गर्दै परस्पर सद्भाव र सकारात्मक सोचका साथ दसैँ मनाउन आग्रह गरेको छ ।
मकालु खबर
२०८१ असोज २१ गते
प्रतिक्रिया
सम्बन्धित