दशैँको बजार : सस्ता पसलमा भीडभाड (तस्बिरहरु)

काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी आउन अब ३ दिन मात्रै बाँकी छ । यस वर्ष असोज २६ गते शनिवार दशैँको टिका रहेको छ ।

दशैँ मनाउन विदेश गएका फर्किने र शहर पसेकाहरु पनि गाउँ जाने क्रम धमाधम छ ।

जसकारण गाउँ फर्किंदा आफ्ना आमाबुबा, दाजुभाई, दिदिबहिनी, नातागोतालाई नयाँ कपडा, मिठा खानेकुराहरु किन्न बजारमा उल्लेख्य भीड छ ।

साथै दशैँका लागि आवश्यक अन्य सामग्रीहरु किन्नका लागि पनि मानिसहरु घर बाहिर निस्किएका छन् ।

केही कार्यालयहरु बन्द भइसकेका छन्, जसकारण पनि घरबार बाहिरि निस्किएर बजार डुल्ने फुर्सद मिलेको छ । त्यसैले काठमाडौंको न्युरोड, असन, बौद्ध, रत्नपार्क लगायत विभिन्न ठाउँमा भीड देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *