काठमाडौं–भैरहवा उडानका टिकट एक रातमै बिक्री
मकालु खबर
२०८१ असोज २२ गते
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं—भैरहवा उडान गर्ने भएको छ ।
चाडबाडमा नागरिकहरूको सुविधालाई लक्षित गरेर निगमले काठमाडौं—भैरहवा उडान गर्ने भएको हो ।
जसका लागि निगमले उडानका लागि टिकट बुकिङ खुलाएको छ । टिकट बुकिङ खुलाएका एक रातमा सबै टिकट बिक्री भइसकेका छन् ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले १५८ सिट नै बिक्री भएको जानकारी दिए ।
आर.ए—१७३३ उडान नम्बरमा बिहान ११ बजे काठमाडौं—भैरहवा उडान गर्ने र त्यसको लागि एकतर्फी भाडा दर ७ हजार रुपैयाँ राखिएको छ ।
अध्यक्ष अधिकारीका अनुसार विमानमा ३० केजीको लगेज लैजान पाउनेछन् ।
मकालु खबर
२०८१ असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित