उपचुनावमा कांग्रेस–एमालेबाहेकका दलसँग गठबन्धन गर्ने माओवादीको तयारी
मकालु खबर
२०८१ असोज २२ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा गठबन्धन गर्ने तयारी गरेको छ ।
उपनिर्वाचनमा चुनावी गठबन्धनका लागि माओवादीका नेताहरूले अन्य पार्टीसँग छलफल चलाएका छन् ।
मंसिर १६ गते हुने उपनिर्वाचनमा गठबन्धनका लागि तयारी गर्न अन्य दलसँग सहकार्यको पहल गर्न माओवादीले सर्कुलर नै जारी गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले परिपत्र जारी गर्दै कांग्रेस एमालेबाहेक अन्य दलसँग सहकार्यको पहल गर्न पार्टी कमिटीलाई निर्देशन दिएका हुन् ।
प्रचण्डले केही दिन अघि कसैसँग गठबन्धन नगरेर चुनाव लड्ने बताएका थिए । तर, आफ्नै भनाई विपरीत प्रचण्डले गठबन्धनका लागि छलफल गर्न अन्य कमिटीलाई निर्देशन नै दिएका छन् ।
मकालु खबर
२०८१ असोज २२ गते
प्रतिक्रिया
One thought on “उपचुनावमा कांग्रेस–एमालेबाहेकका दलसँग गठबन्धन गर्ने माओवादीको तयारी”
Leave a Reply Cancel reply
सम्बन्धित
यो दुई जिब्रे कसैले पनि भर नगर्नु होला।बोलीको टुङ्गो नभएकाले देश बनाउछु भन्दै फलाकनु भनेको गोरुले पाडो पाउनु सरह हो।