कुराकानी

दसैँका परिकार र मासु खाँदा स्वास्थ्यको ख्याल कसरी गर्ने ? (भिडिओ)

काठमाडौं । दसैँ भन्ने बित्तिकै मिठो खाने र राम्रो लाउने चाड भन्ने आम बुझाइ छ । दसैँमा मानिसहरूको खानपान सधैँभन्दा केही फरक हुन्छ । विशेष गरी दसैँको समयमा मासु, मिठाई, फलफूल र अन्य गरिष्ठ परिकारको उपभोग बढ्ने गरेको छ । दसैँमा सबैभन्दा बढी खपत मासुकै हुन्छ ।

हुनेखानेका घरको चुल्होमा मात्र नभएर हुँदा खानेहरूले पनि ऋण नै काढेर भए पनि मासुको स्वाद लिन्छन् दसैँमा । यो चाडमा अधिकांश नेपालीको भान्सामा खसीको मासु पाक्छ । त्यसका अलावा कुखुराको मासु र माछा पनि अत्यधिक प्रयोग हुन्छ । मासुमा अत्यधिक मरमसला र चिल्लोको प्रयोग गरी पकाउनुका साथै अमिलो–पिरो खानेकुरा पनि उति नै पाक्ने गर्छ ।

सन्तुलन नमिलाई धेरै खानेकुरा तथा मासु खाने तर शारीरिक व्यायाम नगरिने भयो भने स्वास्थ्यमा नराम्रो प्रभाव पर्ने विज्ञहरू बताउँछन् । पोषणविद् डा.मिना कुमारी गुरुङ दसैँमा मासुको सन्तुलन मिलाएर खान सुझाव दिन्छन् ।

उनले मासुको मात्रा धेरै भयो र मसलाजन्य खानेकुराहरूको मिसावट धेरै भएमा मानव स्वास्थ्यमा असर पर्ने बताउँछन् । दसैँमा कति मासु खाने ? कसरी खाने ? लगायतका विषयमा मकालुखबरकर्मी विष्णुमाया श्रेष्ठले पोषणविद् डा.मिना कुमारी गुरुङसँग गरेको कुराकानीको सम्पादित अंश…

चाडपर्वमा मिठो परिकारहरू खाने चलन छ । स्वास्थ्यको ख्याल कसरी गर्ने ?

दसैँ लगायतका चाँडवाडमा मिठो मसिनो धेरै खान्छौँ । छरछिमेक र आफन्तकोमा जाने चलनले पनि माछा मासु लगायतका परिकारहरू खान्छौँ । अन्य बेलामा भन्दा दसैँमा मिठो परिकारहरू हुन्छ । एक घरमा गइयो एक दुई पिस खाइयो, अर्को घरमा गइयो फेरी मासु खाइयो, त्यसरी हामीले म्यानेजमेन्ट गर्न सक्नुपर्छ । खानपिनमा ध्यान दिएर स्वास्थ्यको ख्याल आफै हुन्छ ।

दसैँमा मासु लगायतका धेरै परिकार खाने गरिन्छ । मासु कसरी खान सकिन्छ ?

मासु खादा कसैले फ्राई गरेर खानुहुन्छ, कसैले सुकाएर पछिसम्म राखेर खानु हुन्छ । कसैले यसलाई अचार बनाएर खानुहुन्छ । सुरुमा हामीले मासुलाई उमालेर त्यसपछि हामीले थोरै मरमसला लगाएर खाएको राम्रो हुन्छ । अर्को कुरा हामीले धेरै समयसम्म पनि मासु राखेका हुन्छौँ । केही सुकाएर राखेका हुन्छौ कुनैलाई हामीले डिपफ्रिज गरेर राखेको पनि हुन्छौँ सबै भन्दा राम्रो भनेको डिप फ्रिज गरेर राखेको एकदमै राम्रो हुन्छ ताकि इस्पोइलेस पनि नहोस् भनेर डिपफ्रिज गरेर राख्छौँ । अर्को कुरा डिपफ्रिज गर्दाको टेम्पेचर पनि मेन्टेन गर्नु पर्ने हुन्छ डिपफ्रिज त राखिन्छ तर त्यसको टेम्पेचरमा कति राखेको छौं ? मजाले फ्रिज भएको छ कि छैन भनेर हेर्नुपर्छ ।

स्वास्थ्यका लागि कति मासु खाँदा राम्रो हुन्छ ?

अव हामीलाई मासु चाहिन त चाहिने हो । अव चाहिन्छ भन्दैमा धेरै मासु खानु पनि भएन त्यो मासु हामीले खाएर किट्नीले त्यसलाई सेक्रेट गर्न सकेन भने मिर्गौलामा समस्या हुन्छ । मिर्गौलाको इस्यु हुने भनेको नै मासुबाट नै हो । नेपालमा धेरै किट्नी बिरामीहरू धेरै हुनुहुन्छ । उहाँहरुले माछा मासुमा ख्याल गर्दिनु हुँदैन । जति पायो खानासँग मासु नै रुचिन्छ भन्ने बिहान बेलुका माछा मासु खाने गर्नु हुन्छ । त्यही भएर एक दिनमा १५० ग्राम खाँदा एकदमै राम्रो हो ।

कस्तो मासु खाने ? कसरी खाने ?

मासुलाई दुई भागमा विभाजन गरिएको छ । एउटालाई रेडमिट भनेर हुन्छ र अर्को ह्वाइट मिट भनेर भन्छौ । रेडमिट भनेको चारखुट्टे जनवारको माछा मासु हो । त्यसमा मायोग्लोविनको पिगमेन्ट भएको कारणले त्यसलाई रेडमिट भनिएको हो । त्यसले धेरै अलि शरीरमा धेरैको मात्रामा कन्जुम ग¥यो भने अलिकति असर गर्ने भनेको हो । अव ह्वाइट मिटमा कुखुरा, चरा प्रजातिको मासु हो । त्यसमा मायोग्लोविनको पिगमेन्टको एकदमै कमी हुन्छ, अथवा मायोग्लोविन त्यसमा फिलाको भागमा हुन्छ त्यसमा अलिकति भएको कारणले शरीरमा त्यति सारो असर गर्दैन । मासुमा भरसकको रातो मासु भन्दा पनि सेतो मासु खाँदा राम्रो हुन्छ ।

मासु धेरै खाएमा मानव स्वास्थ्यमा कस्तो असर पार्छ ?

अस्पतालमा आउने धेरै जनामा समस्याहरू नै हुन्छ । जति जना आउनुहुन्छ उनीहरूमा प्रेसर कमी भएको कोही पनि हुनुहुन्न । सबै जनाको प्रेसर बेसिनै भएको हुन्छ । त्यो किन भएको भन्दा खेरि त मासुमा त फ्याट त धेरै नै भइहाल्छ । त्यो फ्याट छालामा पनि भएको हुन्छ साथ साथै बोसो पनि रातो मासुमा धेरै जसो हुने भनेको त मासु सहित बोसो पनि हुन्छ । अव त्यसमा भित्र शरीरमा गएर जुन मुटुको नलामा हुन्छ । त्यसमा गएर बसिदिन्छ त्यसमा डिपोजिट भएर बसिसके पछि मुटुको समस्या हुनेहरू त्यसपछाडि, प्रेसर हुने समस्याहरू एकदमै धेरै भइराखेको छ । त्यसमा अझै प्लस प्रेसरले मात्र भएर अथवा मुटुको मात्र समस्या भएर त्यसमा अरु समस्याहरू पनि हुन्छ । मोटोपना नेपालमा धेरै नै छ, धेरै जना हुनुहुन्छ । माछा मासुले भन्दा पनि अरु धेरै चिल्लो पदार्थहरू खाएर पनि हो, तर मासु मासु पनि एउटा फ्याक्टर चाहिँ हुन्छ ।

अब मासु खाँदा फाइदा पनि त होला नि, होइन र ?

हो, मासु खाँदा फाइदा पनि छन् । साग सब्जी तरकारीहरूमा नपाइएको जुन प्रोटिन हुन्छ, त्यो मासुबाट पाइन्छ । साग सब्जी अथवा दालमा त प्रोटिन पाइन्छ । तर शरीरले पचाउन सक्ने भनेको प्रोटिन माछा मासु र अण्डाबाट पाइएको हुन्छ । माछा मासुको सेवन गर्नु राम्रो नै हो, होइन भने प्रोटिन एमा माहान्युट्रेसन पेम भन्ने हुन्छ एउटा अर्को महा न्युटेसन(कुपोषण) लाग्ने समस्या पनि हुन्छ । माछा मासु खानु एकदमै राम्रो हो तर हामीले थाहा पाउनु पर्छ कि माछा मासुको क्वालिटी कति खाने हो र कसरी खाने भन्ने कुरामा भर पर्ने हुन्छ ।

मासु खाँदा मासु अड्किएर कतिको ज्यान समेत जाने गरेको छ । कसरी सावधानी अपनाउन सकिन्छ ?

मासुलाई कसरी खाने भन्दा हजुरहरूले एउटा आफ्नो बानीमा ध्यान गर्नुपर्ने हुन्छ । माछा मासु खाने भन्ने बित्तिकै धेरै पनि खाने होइन । अथवा त्यसरी खान नसके पनि माछा मासुलाई मिक्सम्याक्स गरेर त्यसलाई मसिनो किमा बनाएर खाँदा राम्रो पनि हुन्छ । यसले लिक्कुइट कन्सलटेन्स किमा बनाएर खादा नै राम्रो हो । माछा मासु खादा पानी कि अगाडि पिउने कि पछाडि पिउने भन्ने कुरामा ख्याल गर्नुपर्छ । तर राम्रो चाहिँ पानी अगाडि पिउँदा हुन्छ । किन भने हाम्रो जुन डाइजेस्टिब सिस्टमको घाँटीबाट गएको हुन्छ । त्यो नलामा क्लिन भएर गएको कारणले गर्दा त्यो माछा मासु हाम्रो पेटमा पुग्नको लागि सहयोग गरेको हुन्छ ।

दशैको मासुलाई धेरै दिनसम्म राखेर खाने चलन छ । मासुलाई कसरी राख्ने ?

गाउँघरमा चली आएको भनेको मासुलाई सुकाउँछौँ । मासुलाई हामीले घाममा सुकाउन पनि सक्यौँ, अर्को तरिका भनेको डिपफ्रिज पनि गरेर राख्न सक्छौँ । अचारहरू बनाएर नराख्नु होला, अचारहरूमा हामीले बढी तेलहरुपनि राखेका हुन्छौँ । डिपफ्रिज गरि सके पछाडि अव फेरि हामीले त्यसलाई खानको लागि प्रयोग गर्दा खेरि हाम्रो शरीरका लागि आवश्यक मात्रै खानुपर्छ । माछा मासु डिपफ्रिज गरेर राखेता पनि माइक्रो अर्गानिजम हुन्छ । तर त्यसलाई थइङ प्रोसेस गर्दा खेरि कसरी माइक्रो अर्गानिजमलाई खानामा स्पोज हुन नदिने हो, त्यता पनि ध्यान दिनु पर्दछ ।

समग्रमा मासु खाँदा के के कुरामा ध्यान पुर्‍याउनु पर्ने हुन्छ ?

पहिला त तेल एक दमै कम हाल्ने । अर्को कुरा माछा मासु बनाउनु भन्दा अगाडि एक चोटि मजाले तातो पानीमा उमाल्ने हो । त्यस पछि छाला र बोसोको भाग निकालेको राम्रो हो । माछा मासु खानमा रातो मासुको मात्र कुरा आएन, सेतो मासुको जुन कुखुराको मासु खादा छालाको भाग निकालेको खादा पनि राम्रो हुन्छ र मरमसलाको प्रयोग पनि धेरै गर्नु राम्रो होइन । तसर्थ चिल्लो र पिरो कम बनाएर खाँदा राम्रो नै हुन्छ ।

चाडपर्वहरूमा चिल्लो र मसलादार खानेकुराहरू बढी मात्रामा खाइन्छ । यसबाट स्वास्थ्यमा कस्तो असर पर्न सक्छ ?

चिल्लो र मसलादार खानेकुराहरूका कारण डायरिया, बान्ता हुने गर्दछ । हाम्रो इन्सुलिन्सी सेन्सेटिभमा पनि असर गर्न सक्छ । माछा मासुमा मरमसला लगाएको ठिकै नै हो, तर मरमसलाको प्रयोग गर्दा बजारमा पाइने मसला प्रयोग गर्नु राम्रो होइन । हामीले बजारको मसला धेरै प्रयोग गर्‍यौँ भने यसको रियाक्सन त नेगेटिभ नै आउने हो । त्यही भएर मरमसला लगाउँदा एकदमै कम लगाउँदा राम्रो हुन्छ । बजारमा पाइने तयारी मसलमाको प्रयोग हानिकारक नै छ । हामीले घरमा चाहिएको जुन आफैले बनाएको मरमसला हुन्छ त्यो थोरै थोरै प्रयोग गर्दा राम्रो हुन्छ ।

दसैँको समयमा रक्सी, बियरहरू जस्ता पेय पदार्थहरू पनि खाने गरिन्छ । यस्ता पेय पदार्थ खानुहुन्छ की हुँदैन ?

रक्सी बियरहरू जस्ता पेय पदार्थहरू सबैको लागि राम्रो त होइन, हामीले बियरलाई जिरो क्यालोरी हो भन्छौं । तर जिरो क्यालोरी हो भन्दाभन्दै जिरो क्यालोरी दिँदैन यसले फ्याटमा हेल्प गरेको हुन्छ । धेरै बियर सेवन गर्नेहरूमा मोटोपनाको सिकार भएका घटना धेरै छन् । बियर, रक्सी जस्ता पेय पदार्थहरू नखाएको राम्रो हुन्छ । तर, बियर रक्सीहरू ५० एमएलदेखि १०० एमएलसम्म खाँदा ठिक्क हुन्छ । यसले शरीरमा जाँडरक्सीहरू धेरै खाएमा लिभरको समस्या धेरै नै हुन्छ । सकेसम्म यस्ता पदार्थ सेवन नै नगरौँ, गर्नु परेमा पनि ठिक्क मात्रै खाऔँ ।

बिरामीहरूले चाडपर्वमा के–कस्ता खानेकुराहरूमा ध्यान दिनुपर्छ ?

यस्तो बेलमा दीर्घ रोगीहरूले एकदमै ख्याल गर्नुपर्छ । बजारमा पाइने तयारी खानेकुरा त बिरामीहरूले खानु नै हुँदैन । चाडबाडमा कोसेली स्वरूप दिइएका खानेकुरा पनि दीर्घ रोगी, बिरामीहरूले खानु हुँदैन । माछा मासु, चिल्लो पिरो खानेकुरामा पनि ख्याल गर्नु नै पर्छ । आफ्नो स्वास्थ्य भन्दा ठुलो केही हुँदैन, त्यसैले खानेकुरामा ध्यान दिनु नै उचित हुन्छ । पानीको सेवन धेरै गर्नुपर्छ । यदि कुनै खानेकुरा भलेर खाइयो भने पनि तातोपानी धेरै खानुपर्छ । स्वास्थ्यको ख्याल गर्नु अति आवश्यक छ ।

मासु नखानेहरूले कस्ता खाने कुरा खान उपयुक्त हुन्छ ?

माछा मासुमा प्रोटिन हुन्छ, अन्य खानेकुरामा पनि प्रोटिन नपाइने भन्ने होइन, पाइन्छ । भटमास लगायतका दलहनका खानेकुरामा पनि प्रोटिनहरू पाइन्छ । हुन त, सबैलाई सबै कुराको स्वाद मन नपर्न पनि सक्छ । तर पनि बदाम, भटमास, मस्यौरा लगायतका खानेकुराहरू मासुको विकल्प बन्न सक्छन् । सागपातहरू पनि खान सकिन्छ । साथै दूध जन्य पदार्थ पनि खान सकिन्छ । तर यस्ता खानेकुरा खाँदा पनि स्वास्थ्यको ख्याल गर्नु अति आवश्यक छ ।

ग्यास्ट्रिक के हो ? ग्यास्ट्रिक किन हुन्छ ?

ग्यास्ट्रिक लिभिङ लाइफ स्टाइलका कारण नै ग्यास्ट्रिक हुन्छ । हाम्रो खानपान, रहनसहनको र दैनिकीका कारण ग्यास्ट्रिक हुन्छ । अरु कारणहरू पनि छन्, हामीहरू अफिस हिँड्छौं, बिहान हतार हुन्छ, हतार हुँदा खालि पेटमा नै हिँड्छौँ । खानाहरू समयमा खान सकिएन भने ग्यास्ट्रिक हुने सम्भावना धेरै हुन्छ । उसो त, एक दिनमा चा।र पटक खानेकुरा खानुपर्छ भन्ने छ, त्यो हामीले लागु गरेको हुँदैन । यसकै कारण ग्यास्ट्रिक हुने हो । ग्यास्ट्रिक हुनै नदिन हामीले चिल्लो पदार्थहरूको सेवन गर्नु हुँदैन ।

ग्यास्ट्रिकको उपचार के हो ? कसरी बच्ने ?

ग्यास्ट्रिकको उपचार नै हुँदैन भन्ने होइन, ग्यास्ट्रिकको उपचार छ । यसको उपचार आफैबाट थाल्नुपर्छ, आफ्नो आनीबानीमा सुधार ल्याउनुपर्छ । खानपिनमा ध्यान दिएमा ग्यास्ट्रिक निर्मूल पार्न सक्छौँ । या धेरै ठुलो समस्या त होइन, तर बल्झिएमा, बानीमा सुधार गरिएन भने यसले भोली ठुलो समस्या पनि ल्याउन सक्छ । ग्यास्ट्रिकको उपचार भने सबैभन्दा पहिले आफैबाट सुधार गर्नुपर्छ ।

अन्तिममा के भन्न चाहनुहुन्छ ?

अन्तिममा दशैंको शुभकामनासँगै आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला । खानपिनमा ध्यान दिनुहोला । स्वास्थ्य नै हाम्रो ठुलो सम्पत्ति हो । चाडबाडमा कोसेली दिँदा र लिँदा बजारको तयारी खानेकुरा नभएर आफैले घरमा तयार पारेको खानेकुरा सेवन गर्नुहोला । सबैलाई दसैँको शुभकामना !

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *