इजरायली हवाई आक्रमणमा परी ७ जनाको मृत्यु

काठमाडौं । इजरायली हवाई आक्रमणमा परी मङ्गलवार ७ जनाको मृत्यु भएको छ । मंगलवार राति दमास्कसको घना जनसंख्या भएको माज्जेह नजिकैको एक आवासीय भवनमा आक्रमणलाई निशाना बनाइ आक्रमण गरेको थियो ।

जसमा महिला र बालबालिकासहित सात सर्वसाधारणको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ । इजरायलले कब्जा गरेको गोलान हाइट्सको दिशाबाट प्रक्षेपण गरिएका तीनवटा मिसाइलहरू समावेश छन् ।

हवाई आक्रमण मज्जेहको आवासीय र व्यावसायिक केन्द्र शेख साद क्षेत्रमा रहेको १४ तलाको भवनमा भएको थियो । तीनवटा क्षेप्यास्त्र प्रहार हुँदा भवनको तीन तला पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

इजरायली आक्रमणले शेख साद क्षेत्रलाई प्रत्यक्ष रूपमा निशाना बनाएको यो पहिलो घटना हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *