पशुपति धर्मशाला खाली गर्दा प्रहरीले रोक्यो : बालेन
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन नेपाल प्रहरीले रोकेको बताएका छन् ।
मेयर साहले बुधबार सामाजिक सञ्जालमा लेख्दै धर्मशाला खाली गराउन महानगर टोलीलाई नेपाल प्रहरीले सहयोग नगरेको बताए ।
उनले देश कानुनले नभएर समितिबाट चलेको बताएका छन् ।
मेयर साहले आफूलहरु देश प्रहरी र सरकारले चलाएको भन्ने भ्रममा रहेको पनि उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ’सम्बन्धबाट सम्झौता गरी गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितिले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौँ देखि केही हजार रुपैयाँ तिरेर हड्पेको जग्गा अदालतले दबी पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ, अनि कोषले महानगरलाई धर्मशाला तथा असक्तहरूलाई नसुल्क खाना र औषधि उपचार गर्न भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समितिबाट पो रहेछ ।’