मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’

काठमाडौँ । ‘की मोबाइल खेल्न दिनु, नभए घुमाउन लैजानु’ भनेर छोराले दुई सर्त राखेपछि पुतली सडककी जेनी बुढाथोकीले घुमाउन ठिक ठानिन् । मोबाइल माग्दै रोइरहेको छोरालाई लिएर उनि नजिकैको भृकुटिमण्डपस्थित काठमाडौँ ‘फन पार्क’ पुगिन् ।

फन पार्ककमा थुप्रै खेलौँनासँग खेल्दा खेल्दै छोराले मोबाइल बिर्सिएपछि बुढाथोकी भन्छिन्–‘मोबाइल हेर्नुभन्दा त फन पार्कमा खेलाउनु नै ठिक नि ।’ दसैँतिहार पर्वको अवसरमा सबै विद्यालय बन्द छन् । बालबालिका स्कुल बिदा भएकाले घरमै बस्न बाध्य छन् । बालबालिकालाई भुलाउने र खेलाउने थलो खोज्दै अभिभावकले फन पार्क रोजेकी छन् ।

डिल्लीबजारकी लक्ष्मी श्रेष्ठ अचेल नातिनातिनिलाई घुमाउन फन पार्क र बाल उद्यान पुग्छिन् । दसैँतिहार पर्वमा एक महिनाको स्कुल बिदा भएकाले दिनभरी बालबालिकालाई खेलाउन उनलाई बाल उद्यान खोज्नु परेको हो ।

कोठामा राख्दा राख्दै केटाकेटीले खाली मोबाइल र टेलिभिजनमा झुम्मिने बानीदेखि जोगाउन उनले पनि फन पार्क घुमाउन आउने गरेको बताए । भृकुटिमण्डपस्थित फन पार्कमा नातिनातिलाई खेलाउँदै गर्नुभएकी श्रेष्ठले खुला चौर र प्रशस्त खेल्ने स्थानको अभाव भएको हुँदा बालबालिकालाई फन पार्क ल्याउनु परेको सुनाइन् ।

‘घर वरिपरि खेल्ने न आँगन ठूलो छ न चौर नै’, उनले भनिन्‘कोठामा थुनिरहनुभन्दा फन पार्क घुमाउन आउँछु ।’

शान्तिनगरकी भगवती महर्जनलाई सात वर्षे छोराको मानसिक र शारीरिक विकासमा निकै चासो छ । स्कुल बिदाको समयमा उनि जति सक्दो धेरै छोरासँग खेल्न र खेलाउन रुचाउँछिन् । ‘फन पार्कमा आउँदा म पनि बच्चा जस्तै हुन्छु’, उनले भिनन्‘पर्वको बेला परिवार र छोराछोरीलाई भरपुर समय दिने मन हुन्छ ।’

महर्जनले भने जस्तै, बानेश्वरका संजोग जैशीले जागिरको व्यस्तता छिचोल्दै १० वर्षको छोरी लिएर फन पार्कमा रमाउन आएको बताए । स्कुल हुँदा छोरी र बुबाको भेटघाट नै मुस्किलले हुने गर्ने बताउँदै उहाँले छुट्टीमा सकभर छोरीलाई खेलाउने योजना रहेको बताए ।

‘बहानै स्कुल पुग्ने छोरी बेलुका कामबाट फर्किँदा निदाइसकेकी हुन्छिन’, उनले भने, स्कुल बिदा भएपछि खुसीले फुर्किएकी छोरी घुमाउने अभिभावकको जिम्मेवारी महसुस भएको छ ।’ जैशीले छोरीलाई खानपिन र किनमेलमा भन्दा पनि धेरैभन्दा फन पार्कमा खेलाउन उपयुक्त हुने बताए । फन पार्कमा खेल्दा बाहिरी मौसम नियाल्दै थुप्रै जीवन उपयोगी ज्ञान आर्जन गर्न सकिने उनको बुझाइछ ।

यस्तै बागबजारकी सम्झना कार्कीको अहिले पूरै समय दुई छोराकै लागि छुट्याएकी छन् । चाडपर्वमा एक महिना स्कुलले बिदा दिएपछि उनि छोराछारीप्रति झनै व्यस्त भएकी छन् । स्कुल बिदामा अभिभावकले बालबालिकालाई खुसी बनाइराख्न विभिन्न उपाय अपनाउनुपर्छ । जसमा कार्कीले फन पार्कमा खेलाएरै उनीहरुलाई रमाइलो गराउने गरेको उनले बताइन् ।

‘समयले भ्याएसम्म बाल उद्यान (खेल्ने ठाउँ) लैजान्छु’, उनले भनिन्‘केटाकेटी खुसी भए, हामी अभिभावक यसै खुसी भइँदोरहेछ ।’ उनका अनुसार काठमाडाँैमा बालबालिकाले खेल्ने प्रशस्त बालमैत्री उद्यान नभएको गुनासो छ । रत्नपार्क र काठमाडौँ फन पार्क बाहेक अन्य बालमैत्री उद्यानको अभाव रहेको उनले सुनाइन् ।

पर्वको अवसरमा झन्डै एक महिना स्कुल बिदा भएपछि फन पार्कमा बालबालिका खेल्ने र घुम्न आउने सङ्ख्या बढेको काठमाडौँ फन पार्कका कर्मचारी राजकुमार खत्रीले बताए ।

उनका अनुसार अरु बेला शनिबार बालबालिकाको बढी घुइँचो लाग्ने गथ्र्याे भने अहिले हरेक दिन बालबालिका आउन थालेका छन् । दसैँतिहार पर्वमासमेत फन पार्क खुला हुने उने बताए ।

दसँैतिहार पर्व मनाएपछि रमाइलो गर्न चाहने बालबालिकाका लागि फन पार्कमा खुला हुने गरेको उनले जानकारी दिए । विगतको अनुभव सुनाउदैँ दसैँको टीका लगाएर अभिभावकले छोरोछोरी फन पार्कमा खेलाउन ल्याउने गरेको खत्रीले बताए ।

‘सानादेखि ठूलाले पर्वमा फन पार्क आएर रमाइलो गर्नुहुन्छ,’ उनले भने‘काठमाडाँै बाहिर जानेहरुको सङ्ख्या धेरै भएकाले पर्वको बेला चाप भने कमै हुन्छ ।’

दसैँतिहार जस्ता चाडपर्वमा बालबालिकाले देखेर, सुनेर र अनुभव गरेर धेरै बाहिरी ज्ञान आर्जन गर्न सक्ने डा अरुण कुँवरले बताए । यसका लागि परिवार र आफन्तले बालबालिका अनुकुल समय दिनु आवश्यक छ ।

छोराछोरीको व्यक्तित्व विकास गर्न र सामाजिक अन्तरघुलन स्वभाव उजागर गराउन अभिभावकले सकेसम्म घरबाहिरै खेलाउन उपयक्तु हुने उनको धारणा छ । बाहिर जति केटाकेटी खेल्छन्, उति मोबाइल जस्ता डिजिटल लतबाट टाँढिन सजिलो हुन्छ,” डा, कुँवरले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *