ओली नै रविलाई बचाउन चाहन्छन्, म ‘डिस्टर्ब’ गर्दिनँ : प्रचण्ड
मकालु खबर
२०८१ असोज २३ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका सभापति रवि लामिछानेलाई कारबाहीमा ‘डिस्टर्ब’ नगर्ने बताएका छन् ।
काठमाडौंमा सम्पादकहरूसँगको भेटमा प्रचण्डले सहकारी प्रकरणमा लामिछानेलाई जोगाउन नखोजेको दाबी गरे ।
अध्यक्ष प्रचण्डले सहकारी छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा असहयोग नगर्ने बताएका हुन् ।
सम्पादकसँग प्रचण्डले भने– ‘यो प्रतिवेदन कसरी कार्यान्वयन गर्ने भन्ने सरकारको कुरा हो, यसमा डिस्टर्ब गर्ने पक्षमा हामी छैनौँ ।’
उनले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नै रविमाथि समिति बनाउन अनिच्छुक देखिएको खुलाए ।
उनले सहकारीको प्रतिवेदन कार्यान्वयनमा राजनीतिक चलखेल भइरहेको बताए ।
मकालु खबर
२०८१ असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित