टुटेश्वर मन्दिर नजिकै २० वर्षीया युवतीको शव भेटियो

महोत्तरी । बर्दिवास नगरपालिका–५ टुटेश्वर मन्दिर नजिकै एक युवतीको शव फेला परेको छ ।

मन्दिर नजिकको वनक्षेत्रमा अन्दाजी २० वर्षीया युवतीको शव आज फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

कालो भेस्ट र निलो जिन्स लगाएकी युवतीको हत्या भएको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

प्रहरीले शव परीक्षणका लागि बर्दिवास अस्पताल लगेको छ । शव परीक्षण रिपोर्टले घटनाबारे अनुसन्धान गर्न थप सहयोग पुग्ने प्रनाउ पोखरेलको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *