जापानका प्रधानमन्त्रीले गरे संसद भंग

काठमाडौं । जापानको संसदको तल्लो सदन बुधवार आधिकारिक रूपमा विघटन भएको छ । जसमा प्रधानमन्त्री शिगेरु इसिबाले आफ्नो पार्टीको तल्लो सदनमा बहुमत प्राप्त गर्न खोजेकाले आम निर्वाचनको चरण तय गर्न वर्तमान सदन भंग गरेका हुन् ।

आम चुनाव अक्टोबर २७ मा हुने भनिएको छ । इशिबाले सेप्टेम्बर २७ मा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को निर्वाचनमा जित हासिल गरेका थिए ।

एलडीपी नेतृत्वको गठबन्धनद्वारा नियन्त्रित संसदमा अक्टोबर १ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् । २०२३ को अन्त्यमा एलडीपीको राजनीतिक कोष घोटाला बाहिर आएपछिको पहिलो आम चुनाव हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *