फूलपातीमा जनकपुरको राजदेवी मन्दिरमा दर्शनार्थी घुइँचो

काठमाडौं । हिन्दु धर्मावलम्वीहरुको पर्व दशैँको रमझम देशभर छ । दशैँमा जनकपुरधाममा भक्तजनहरुको अत्याधिक भीड देखिएको छ ।

दशैँको सप्तमी तिथिका दिन राजदेवी मन्दिरमा दर्शनार्थीहरुको घुइचो लागेको हो ।

जनकपुरधामको प्रमुुख शक्तिपीठ राजदेवी मन्दिर, बौधीमाई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैँका लागि सिंगारिएका छन् ।

जनकपुरस्थित शक्तिपीठहरुमा भक्तजनहरुको घुइँचो यसपटक दशैँको पहिलो दिनदेखि नै बढेको छ ।

राजदेवी मन्दिर लगायतका मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरु पूजा अराधनाका लागि पुग्ने गरेका छन् । आज कालरात्री पूजाकालागि प्रसाद अर्पण गर्नेहरुको भीड राजदेवी मन्दिरमा छ ।

मिथिला पञ्चांगअनुसार अष्टमी तिथि पनि आजै परेकाले राजदेवी मन्दिरमा बलिप्रदान समेत तयारी गरिएको छ ।

प्रसाद अर्पण गर्नेहरुको भीड समाप्त भए लगत्तै बलिप्रदानका लागि आएका श्रद्धालु भक्तजनहरुको भीड समेत बढ्नेछ । यसको व्यवस्थापनकालागि विभिन्न रुटहरु निर्धारण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *