प्रधानन्यायाधीश राउत मलेसिया प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत मलेसिया प्रस्थान गरेका छन् ।

असोज २८ गतेसम्म मलेसियाको राजधानी क्वालालम्पुरमा प्रारम्भ हुने एसिया–प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरूको सम्मेलनमा सहभागी हुन उनि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सम्मेलन मलेसियाको न्यायपालिका विभाग तथा एसिया–प्रशान्त कानुन सङ्गठनद्वारा संयुक्त रूपमा आयोजित भएको हो ।

प्रधानन्यायाधीशको भ्रमण टोलीमा तीन सदस्यीय प्रतिनिधिमण्डल छन् ।

प्रधानन्यायाधीशका साथ सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल र रजिस्ट्रार विमल पौडेल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *