कोलोराडोको सुन खानीमा कम्तीमा १० व्यक्ति फसे

काठमाडौं । अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा खराबीका कारण कम्तीमा १० जना व्यक्ति एक हजार फिट (३०५ मिटर) जमिनमुनि फसेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोलोराडोको क्रिपल क्रिकको मोली क्याथलीन सुन खानीमा उपकरणमा खराबी भएको थियो ।

स्थानीय समाचार अनुसार खानीबाट ११ जनालाई उद्धार गरिएको र बाँकीको उद्धार भइरहेको छ ।

खानी क्रिप्पल क्रिक, कोलोराडो नजिकैको पर्यटकीय गन्तव्य हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *