अमेरिकाले फेरी दिएन सन्दीपलाई भिसा, क्यानडाबाटै फर्किए घर

काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।

आइसिसी विश्वकप लिग– २ का खेल खेल्न क्यानडा गएका लामिछाने स्वदेश फर्किएका हुन् ।

सन्दीपसँग अमेरिकाको भिसा नभएका कारण उनी स्वदेश फर्किएका हुन् । नेपाली टोली भने क्यानडाबाटै अमेरिका गएको छ ।

सन्दीपले अदालतबाट आफूमाथि लागेको मुद्दामा सफाइ पाए पनि अमेरिकाले उनलाई भिसा दिन मानेको छैन ।

सन्दीपले क्यानडा जानुभन्दा अघि नै अमेरिकाको लागि भिसा प्रक्रिया थालेका थिए । तर, अमेरिकाले उनलाई भिसा दिएन ।

नेपालले अमेरिकामा लागि– २ का खेलहरू अक्टोबर २५ देखि खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *