दसैँको टिकाको दिन पनि बिदेसिनेहरूको लर्को (तस्बिरहरु)

काठमाडौं । बडा दशैमा पनि वैदेशिक रोजगारीका लागि विदेशजानेहरुको लर्को लागेको छ ।

बडा दशैंको मुख्य दिन विजया दशमी (शनिबार) कोदिन पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेहरुको भीड लागेको हो ।

विजयी दशमीको तयारी घरघरमा भईरहेको क्षणमा पनि नेपालीहरु रोजगारीका लागि स्वदेश छोडन विवश छन् । दशैं नेपालीहरुको महान चाड हो । यस पर्वमाविशेष गरेर मान्यजनको हातबाट टीका थापेर आर्थिवाद लिने गरिन्छ ।

तर वैदेशिकरोजगारीका कारण धेरैजसो नेपालीहरुले आफूभन्दा ठूलाबाट आर्शिवाद लिनेदशैंमा पनि परिवारबाट छुटने क्रम बढदो छ । विजया दशमीको दिनमा पनि त्रिभुवनअन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक भन्दा बाह्य उडानको चाप देखिएको छ ।

देशकारोजगारीको अवसर नभएपनि नेपालमा विदेशिनेहरुको संख्या प्रतिदिन बढदै गएको छ ।

नेपालमा सरदर हरेक दिन १५ सयदेखि २५ सयसम्ममानिसहरु विदेशिने गरेको पाइएको छ । सरकारले रोजगारीका लागि अवसर सृजना गरे त्योक्रम निश्चय नै रोकिने थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *