प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपति पौडेलको हातबाट दशैँको टिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दशैँको टिका ग्रहण गरेका छन् ।

शनिवार राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टिका र जमरा ग्रहण गरेका हुन् ।

साइतमा आफ्नो घरमा टिका लगाइ प्रधानमन्त्री ओली राष्ट्रपतिको हातबाट टिका ग्रहण गर्न शितल निवास पुगेका थिए ।

आज राष्ट्रपति पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई समेत टिका लगाइदिएका हुन् ।

प्रधानमन्त्री ओलीले भने विपद्का कारण आफूले घरमा मात्रै टिका लगाउने र दशैँको टिका सर्वसाधारणलाई नलगाइदिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *