सन्दीपले लगाए १० वर्षपछि आमाबुवाको हातबाट टिका

काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दीप लामिछानेले दसैँको टिका ग्रहण गरेका छन् ।

सन्दीपले आफ्ना आमा र बुवाको हातबाट दसैँको टिका ग्रहण गरेका हुन् ।

उनले आमा बुवाको हातबाट १० वर्षपछि दसैँको टिका लगाएका हुन् ।

सन्दीपले दसैँको टिका ग्रहण गरेपछि भगवानलाई धन्यवाद दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन– ‘निधारमा आमाबुवाको हातको यो टीका लगाउन म कति तड्पेको थिएँ त्यो मलाई मात्र थाहा छ । १० वर्ष पछि आज यो पल फेरि फर्केर आएको छ । भगवानलाई धेरै धेरै धन्यवाद कि मेरा यी भगवान्हरू सधैँ मेरो साथमा हुनुहुन्छ । दशैंको सबैलाई शुभकामना ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *