विजयादशमीमा पनि रोकिएन बागमती सफाइ महाअभियान

काठमाडौँ । बडादसैँको दशमीका दिनमा पनि बागमती सफाइ महाअभियानले निरन्तरता पाएको छ । प्रत्येक हप्ताको शनिबार स्वयंसेवी रुपमा बागमती सफाइ हुँदै आएको छ ।

बागमती सफाइ महाअभियानको ५९६औँ हप्तामा आज तिलगङ्गास्थित वाग्मती किनारमा सफाइ गरिएको अभियानकर्मी डा माला खरेलले जानकारी दिए ।

बिहान ७ देखि ९ बजेसम्म १० जना सफाइ अभियानकर्मीले १० बोरा फोहर व्यवस्थापन गरेको जानकारी उनले दिए ।

अभियानकर्मीले उठाएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्ने गरेको छ ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर रुपमा हुँदै आएको छ ।

बागमती सफाइ महाअभियानले नागरिकमा सफाइ जागरण फैलाउन सहयोग गरेको छ । स्थानीय सरकारको असहयोगले सफाइमा आशातीत सफलता भने हासिल हुन नसकेको अभियानकर्मीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *