बिराज भट्टसँग माग्ने बुढाले मागे माफी !

काठमाडौं । कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढाले) माफी मागेका छन् । उनले एक कार्यक्रममा साइबर सेना शब्द प्रयोग गरेका थिए । फिल्म १२ गाउँलाई लक्षित गरि उनले साइबर सेना भन्ने शब्द प्रयोग गरेका थिए ।

कलाकार घिमिरेले सामाजिक संजालमार्फत् आवेगमा आएर साइबर सेना शब्द प्रयोग गरेकोमा क्षमा चाहेको बताएका छन् ।

उनले तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्था फरक महसुस गरेको भन्दै क्षमा चाहेको बताए ।

‘एक कार्यक्रममा आवेगमा मैले “साइबर सेना“ शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु,’उनले लेखेका छन्,‘मेरो परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्था फरक महसुस गरेको छु ।’

उनले उक्त शब्दबाट कसैलाई चित्त दुखेको छ भने माफ गरिदिन समेत आग्रह गरेका छन् ।

उनले भने– ‘यदि कसैको चित्त दुखेको छ भने माफ गर्दिनु होला ।’

फिल्म १२ गाउँका निर्माता बिराज भट्टले साइबर सेना शब्दबारे काउन्टर जवाफ दिएका थिए । उनले हलमा दर्शकले देखाएको मायालाई साइबर सेना भनेको बारे कडा टिप्पणी गरेका थिए ।

भट्टको उक्त टिप्पणीपछि माग्ने बुढाले माफी मागेका हुन् ।

अहिले हलमा छक्का पन्जा–५ र १२ गाउँ फिल्म लागिरहेका छन् । दुवै फिल्मले आक्रामक व्यापार गरिरहेका छन् ।

दुवै फिल्मका निर्माता र कलाकारहरूबिच लामो समयदेखि जुँगाको लडाइँ चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *