दसैँ टिकाको दिन आरतीको हत्या गरेर मोटरसाइकल नालामा फालेर भागेका थिए टेकबहादुर

काठमाडौं । डडेल्धुरामा १४ बर्षीया किशोरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

अमरगढी नगरपालिका–७ पोखरा बजारकी १४ वर्षीय आरती भट्टराईको हत्या गरेको आरोपमा पोखरा बजारकै ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय डडेलधुराले आज सार्वजनिक गरेको छ । भण्डारी पोखरा बजारमै पुस्तक पसल सञ्चालन गर्दै आएका थिए । उनले आरतीको हत्या आफूले गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

आरतीको शुक्रवार प्लास्टिकमा बेरिएको अवस्थामा शव फेला परेको थियो । असोज २५ गते दिउँसो ४ बजे घरबाट मिल गएकी आरती घर नआएपछि परिवारले खोजी कार्य गरेका थिए ।

प्लास्टिकमा बेरिएको अवस्थामा शव फेला परेपछि उक्त शव आरतीको भएको खुलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *