खसी बोकाको कारोबारबाट नुवाकोटमा भित्रियो तीन करोड
मकालु खबर
२०८१ असोज २७ गते
काठमाडौँ । यस वर्षको दसैँमा नुवाकोटमा करिब तीन करोड बराबरको खसी बोका बिक्री भएका छन् ।
नुवाकोटबाट काठमाडौँ उपत्यका लगायतका जिल्लामा खसी बोका निर्यात गरिएका हुन् । खसी बोकाको कारोबारबाट नुवाकोटमा करिब तीन करोड भित्रिएको हो
१२ स्थानीय तह रहेको नुवाकोटमा दसैँमा मात्र करिब ती करोड रुपैयाँको कारोबार भएको पशु सेवा कार्यालय नुवाकोटले जनाएको छ ।
कार्यालयका अधिकृत भरत पाण्डेका अनुसार दसैँका लागि नुवाकोटबाट सात सय बढी खसी बोका बाहिरी जिल्लामा निर्यात भएको हो ।
यसबाहेक राँगो, कुखुरा, माछासमेत गरी थप एक करोड रुपैयाँ बराबरको मासु र माछाजन्य वस्तु खपत भएको बताइएको छ ।
मकालु खबर
२०८१ असोज २७ गते
प्रतिक्रिया
सम्बन्धित