रोमाञ्चक खेलमा अष्ट्रेलियाले भारतलाई ९ रनले हरायो

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको महत्वपूर्ण खेलमा अष्ट्रेलियाले भारतलाई पराजित गरेको छ । भारतलाई ९ रनले पराजित गरेसँगै अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा १५१ रन बनाएको थियो । जवाफमा भारतीय टोलीले २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्रै बनाउन सक्यो । रोमाञ्चक खेलमा भारतीय कप्तान हरमनप्रीत कौरले ५४ रन बनाए पनि टोलीलाई जीत दिलाउन सकिनन् । शफाली वर्माले २० र दीप्ती शर्माले २९ रनको योगदान दिइन् ।

यसअघि अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । अष्ट्रेलियाका लागि ग्रेस ह्यारिसले सर्वाधिक ४० रन बनाइन् । तालिया म्याकग्रा र एलिस पेरीले ३२–३२ रनको योगदान दिइन् । भारतका लागि रेणुका सिंह र दीप्ती शर्माले २–२ विकेट लिइन् ।

हारसँगै भारतको सेमिफाइनल यात्र कठिन बनेको छ । आज न्युजिल्यान्ड र पाकिस्तानबीच खेल हुँदैछ । भारत सेमिफाइनलमा पुग्न न्युजिल्यान्डले पाकिस्तानसंग ठूलो अन्तरले हार्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *