सुदुरपश्चिम रोयल्सको प्रमुख मेन्टरमा ब्राड हज नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि नेपाल प्रिमियर लिग (एनपिएल) सुरु हुँदैछ । यसैबीच फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एनपिएलमा सुदुरपश्चिम रोयल्सले अष्ट्रेलियन पूर्व क्रिकेटर ब्राड हजलाई नियुक्त गरेको छ ।

प्रभावशाली ब्याट्सम्यान हजले अष्ट्रेलियाका लागि तीन वटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन् ।हजले ६ टेस्ट, २५ ओडिआई र १५ टि ट्वान्टी आई खेलेका छन् । हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) समेत खेलेका छन्।

हजको प्रवेशले टोलीको मनोबल उच्च बनाएको सुदुरपश्चिम रोयल्सले जनाएको छ । यस्तै हजको निगरानीमा टोलीले राम्रो प्रदर्शन गर्ने अपेक्षा समेत गरिएको छ । सुदुरपश्चिम रोयल्सको प्रमुख प्रशिक्षक जगत टमाटा रहेका छन् ।

सुदूरपश्चिम रोयल्सको टोलीमा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा, विनोद भन्डारी, इशान पान्डे, अर्जुन कुमाल, खडक बोहरा, नरेश बुढाऐर, भोजराज भट्ट, अमित श्रेष्ठ र नरेन साउद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *