जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आउँदो मंसिर १६ देखि पुस ६ गते सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) सञ्चालन हुँदै छ । एनपिएलमा ८ टोलीको सहभागितमा रहनेछ ।

यसैबीच एनपीएल खेल्ने जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले मंगलबार सामाजिक संजालमार्फत् पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी गराएको हो ।

पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्व मुख्य प्रशिक्षक समेत हुन् । उनले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *