शान्ति सैनिकमाथि इजरायलले गरेको आक्रमणको निन्दा

काठमाडौं । दक्षिणी लेबनानमा रहेको शान्ति सैनिकको बेसमा भएको आक्रमणको नेपालले विरोध जनाएको छ । संयुक्त राष्ट्र संघका अनुसार इजरायली सेना आइतबार शान्ति सैनिकको बेसमा जबरजस्ती घुसपैठ गर्दै गोलाबारी गरेको थियो ।

परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको सत्यतथ्य छानविन गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेको छ । नेपालसहित ३४ देशहरूले दक्षिणी लेबनानमा रहेको शान्ति सैनिकको बेसमा भएको आक्रमणको विरोध गरेका हुन् ।

इजरायली सुरक्षा बल (आईडीएफ) ले भने आफ्ना घाइते सैनिकहरूलाई बाहिर निकाल्न युनिफिल पोजिशनमा प्रवेश गरेको बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *