काँग्रेस नेता सिवाकोटी बालुवाटारबाट पक्राउ

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पक्राउ परेका छन् ।

सिवाकोटी बालुवाटारबाट पक्राउ परेका हुन् । उनलाई बालुवाटारबाट पक्राउ गरेर मालिगाउँ लगिएको छ ।

लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मीलाई कारबाहीको माग गर्दै बालुवाटारमा विरोध भइरहेका बेला नेता सिवाकोटी पनि उक्त स्थानमा गएका थिए ।

रुबी खानलगायतलाई पक्राउ गर्ने क्रममा उनी पनि पक्राउ परेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *