थालेखोलामा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बलेवा । मुस्ताङको थासाङ गाउँपालिका–२ मार्फा नजिकै थालेखोलामा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

पोखराबाट लोमान्थाङतर्फ गइरहेको बा१प ४२१० नम्बरको मोटरसाइकल र जोमसोमबाट पोखरातर्फ जाँदै गरेको ना१च ७६९२ नम्बरको कार एकआपसमा ठोकिएका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक गोरखाको आरुचनौटेका ३३ वर्षीय सञ्जय खड्काको मृत्यु भएको मुुस्ताङका प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए ।

दुर्घटनाको कारण भने खुलेको छैन । कार र मोटरसाइकल ठोकिँदा घाइते भएका खड्कालाई जिल्ला अस्पताल मुस्ताङ पु¥याइएको थियो । अस्पतालले उनलाई तत्कालै मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *