मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियालाई हरायो

काठमाडौं । लिओनल मेसीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले बोलिभियालाई फराकिलो अन्तरले हराएको छ । सन् २०२६ को विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले बोलिभियालाई बुधबार राति भएको खेलमा ६-० को फराकिलो अन्तरले हराएको हो ।

खेलको १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका मेसीले ८४ औं र ८६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले ४३औं, जुलियन अल्भारेजले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । यस्तै थियागो अल्माडाले ६९औं मिनेटमा गोल गरेका थिए ।

छनोटमा सातौं जित हात पारेको अर्जेन्टिनाले १० खेलबाट २२ अंक जोडेर शीर्ष स्थानमा छ । बोलिभिया १० खेलबाट १२ अंकसहित सातौं स्थानमा छ ।

यस्तै ब्राजिलले पेरुलाई तथा कोलम्बियाले चिलीलाई समान ४-० अन्तरले पराजित गरेको छ । पाराग्वेले भेनजुएलालाई २-१ ले पराजित गर्दा उरुग्वे र इक्वेडरले गोलरहित बराबरी खेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *