‘बेहुली फ्रम मेघौली’ भोलीदेखी हलहरुमा नचल्ने

काठमाडौं । गत असोज १७ गते घटस्थापनादेखी रिलिज भएको फिल्म ‘बेहुली फ्रम मेघौली’ भोली(बिहीबार)देखी हलहरुमा नचल्ने भएको छ । फिल्मका निर्माता एवं अभिनेता निश्चल बस्नेतले बुधवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो जानकारी गराएका हुन् ।

‘भोलिदेखि हाम्रो फिल्म नेपालको सबै हलबाट नलगाउने निर्णय गरेका छौं,’ अभिनेता निश्चलले लेखेका छन् । उनले चाँडै नै एसएमएस भिडिओ ओटिटी प्लेटफर्ममा रिलिज गरिने पनि बताए । उनका अनुसार युएसए,जापान,क्यानडा,सिंगापुरमा एप उपलब्ध हुने छैन ।

उनले केही दिनअघि समेत नेपाली फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको भए पनि हलले शो घटाएको भन्दै असन्तुष्टि जनार्एका थिए । उनका अनुसार युएसए,जापान,क्यानडा,सिंगापुरमा उक्त एप उपलब्ध हुने छैन ।

‘बेहुली फ्रम मेघौली’सजन काफ्ले र आकाश बरालले लेखन तथा निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *