कांग्रेसले कुनै व्यापारीको पैसाले पार्टी कार्यालय बनाएको होइन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले व्यवसायीको पैसाले पार्टी कार्यालय बनाउन नहुने बताएका छन् ।

उनले नेकपा एमालले व्यवसायी मिनबहादुर गुरुङले गरेको सहयोगमा पार्टी कार्यालय बनाउन लागेको विषयमा यस्तो बताएका हुन् । उनले पार्टीको कार्यालय भवन राजनीतिक दलहरुले आफैँले नै बनाउनुपर्ने बताए ।

उनले राजनीतिक दलले पार्टी कार्यालय बनाउँदा पार्टीको परिवारबाट बनाउने कुरा नै बढी अपनत्व हुने उल्लेख गरे । महामन्त्री शर्माले सबैको मन गाँसेर र साथमा लिएर बनाउन सुझाव दिए ।

उनले नेपाली कांग्रेसको भवन कांग्रेस आफैले बनाएको बताए । उनले सयौँ श्रमीक, किसानको पैसाले र ४ लाख भन्दा बढी क्रियाशिल सदस्यहरुको रकमले पार्टी कार्यालय बनाएको बताए ।

उनले प्रत्येक काँग्रेसजनले काँग्रेसको सदस्यले गर्व गरेर आफ्नो कार्यालय आफैले बनाएको भनेर भन्न सक्ने अवस्था रहेको बताए ।

उनले भने– ‘आफ्नो पार्टी कार्यालय बनाउने त पार्टीकै सदस्यहरुले होइन र ? नेपाली काँग्रेस पार्टीको केन्द्रिय कार्यालय जो आज छ सानेपामा । त्यो जग्गा पनि खरिद गरेको हो । त्यो जग्गामा निर्माण गरेको भवनमा थोरै थोरै रकम व्यवसायीहरुको पनि परेको छ । कोही एक जना व्यवसायीले मैले भनेर भन्ने अवस्था त्यहाँ छैन । सयौँ श्रमीक, किसानको पैसा परेको छ । स्वदेश र विदेशमा रहेका प्रत्येक काँग्रेसजनले काँग्रेसको सदस्यले गर्व गरेर भन्नसक्ने अवस्था छ की त्यो कार्यालय मैले बनाएको हो भनेर । ४ लाख भन्दा बढी त्यो बेलाका क्रियाशिल सदस्यहरुको रकम परेको छ । राजनीतिक दलले पार्टी कार्यालय बनाउँदा पार्टीको परिवारबाट बनाउने कुरा नै बढी अपनत्व हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *