मागेर भन्दा आफ्नै बलबुतामा काम गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै बलबुतामा पुनः निर्माण र पुनः व्यवस्थापनका कामहरु गर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सीमित बजेटका बाबजुद सकभर मागेर भन्दा आफ्नै बलबुतामा पुनः निर्माण र पुनः व्यवस्थापनका कामहरु गर्ने बताएका हुन् ।

‘हामीसँग सीमित बजेट छ,’ उनले भने,‘सीमित बजेटका बाबजुद सकभर मागेर भन्दा आफ्नै बलबुतामा काम गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनः निर्माण र पुनः व्यवस्थापनको काम अघि बढाइने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *