प्रेस विज्ञप्ति

शिवम् होल्डिङग्सद्वारा ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत शेयर लगानी रहेको सहायक कम्पनी श्री शिवम् होल्डिङग्स लिमिटेड, काठमाडौंले आज आ. व. २०८०/०८१ को वार्षिक साधारण
सभा सम्पन्न गरेको छ ।

शिवम् होल्डिङग्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा बसेको वार्षिक साधारण सभाले कम्पनीमा हाल कायम शेयर धनीहरूलाई रु.११,६०,००,००० (एघार करोड साठी लाख रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव र आ. व. २०८०/०८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन विवरण पारित गर्दै , कम्पनीको आ. व. २०८१/०८२ को लेखापरक्षिण गर्न लेखापरक्षिकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धी कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका सबै प्रस्तावहरू माथि छलफल गरी साधारण सभाबाट सर्वसम्मत रुपमा पारित भएको सबै सरोकारवालाहरूलाई कम्पनीले जानकारी दिएको छ ।

शिवम् होल्डिङग्स लिमिटेड कम्पनीले नेपाल कै सबै भन्दा ठूलो उत्पादन क्षमता भएको चिनिया विदेशी लगानी समेतबाट स्थापना भई पूर्ण क्षमतामा संचालनमा रहेको होङशी शिवम्सिमेन्ट प्रा. लि.
को उद्योगमा ३० प्रतिशत शेयर लगानी गरेको छ । उक्त उद्योगका अलावा अन्य पूर्वाधार निर्माण र जल विद्युत् परियोजनाहरूमा समेत लगानी गर्नका लागि प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी विविधीकरणका योजनाहरू अगाडी बढाइएको जानकारी दिएको छ ।

त्यसै गरी यस शिवम् होल्डिङग्स लिमिटेड कम्पनीले जारी पुँजीको २० प्रतिशत बराबर हुन आउने शेयरहरू सर्व साधारणहरूलाई नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्नाका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन दर्ता गरिसकेको जानकारी दिएको छ ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त भए पश्चात नियमानुसार सर्व साधारणमा सार्वजनिक निष्कासन मार्फत संकलन हुने रकम समेतबाट मुनाफा आर्जन हुने थप अन्य परियोजनाहरूमा
समेत लगानी गर्ने विषयमा कम्पनी सञ्चालक समिति र व्यवस्थापन पक्ष लागि रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *