लेबनानमा इजरायली आक्रमणको अरब लिगद्वारा निन्दा

काठमाडौं । अरब लिग (एएल) का महासचिव अहमद अबोल–घितले बुधवार दक्षिणी लेबनानको नाबातीह नगरपालिकाका भवनहरूमा इजरायली हवाई आक्रमणको निन्दा गरेका छन् ।

इजरायली लडाकु विमानले नाबातीह नगरपालिकाको भवन र नगरपालिकाको संघको भवनमा चारवटा क्षेप्यास्त्र प्रहार गर्दा मेयर अहमद काहिलसहित ६ जनाको ज्यान गएको थियो भने ४३ जना घाइते भएका थिए ।

गाजा पट्टीको अवस्था सबै कल्पनाभन्दा बाहिर गएको कुरामा जोड दिँदै अबोल–घितले लेबनानमा गाजाको अवस्था दोहोरिन नदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *