सुनको मूल्यले फेरी कायम गर्‍यो नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । छापावाल सुन बिहीबार प्रतितोला एक लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य आज एक हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो बुधवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *