इरानका उच्च कमाण्डर तेहरानमा आयोजित समारोहमा सहभागी

काठमाडौं । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) कुड्स फोर्सका प्रमुख कमाण्डर इस्माइल कानीले मंगलवार इरानको राजधानी तेहरानमा वरिष्ठ आईआरजीसी कमाण्डर अब्बास निलफोरौसनको अन्त्येष्टिमा भाग लिएका छन् ।

सेप्टेम्बर २७ मा हिज्बुल्लाह नेता हसन नसरल्लाहसँगै लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर दहियाहमा रहेको लेबनानी समूहको मुख्यालयमा भएको हमलामा निलफोरसनको हत्या भएको थियो ।

अन्त्येष्टिमा कानीको सार्वजनिक उपस्थितिले बेरुतमा इजरायली आक्रमण पछि उनको अवस्थाको बारेमा मिडिया रिपोर्टहरूलाई खारेज गरेको छ ।

इजरायली र पश्चिमी मिडियाले कानी आक्रमणमा घाइते वा मृत्यु भएको हुनसक्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *