साफ महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा आज (शुक्रवार) नेपाल र भुटानबीच खेल हुँदैछ । प्रतियोगिताको समूह ‘बी’ मा रहेको आयोजक नेपालले आज आफ्नो पहिलो खेल खेल्न लागेको हो । नेपालले साँझ साढे ५ बजे भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।

हिजोदेखी दशरथ रङ्गशालामा सुरु भएको प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी छन् । हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । भारतले पाकिस्तानलाई ५–२ गोलले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

यो पनि साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *