टी-२० आई सिरिज : नेपालद्धारा अमेरिका समक्ष १६५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली अमेरिकासमक्ष १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाउँदै अमेरिकालाई १६५ रनको लक्ष्य दिएको हो ।

कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४९ रन बनाएका हुन् ।

दीपेन्द्रसिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन र आसिफ शेख र अनिल साहले समान २७–२७ रन बनाए । गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडे ।

अमेरिकाका हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिए भने अली खान र नोस्थुश केङ्जिगेले पनि एक–एक विकेट लिए ।

नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, आरिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुल्सन झा, सागर ढकाल, रिजन ढकाल र करण केसी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *