‘प्रचण्ड’ले राखेको विपक्षी दलको बैठकमा सत्तापक्ष पनि सहभागि भएपछि…

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको प्रतिपक्षी दलहरूको बैठकमा सत्तारूढ दल पनि सहभागि भएको छ ।

अध्यक्ष ‘प्रचण्ड’ले आज विहान नयाँ बानेश्वरमा राखेको प्रतिपक्षी दलहरुको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका हुन् । संघीय सरकारमा लोसपाबाट एक जना मन्त्री छन्।

बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), नेकपा (एकीकृत समाजवादी), लोसपा र आम जनता पार्टीका शीर्षसहित नेताहरू सहभागि छन् ।

बैठकमा माओवादी अध्यक्ष दाहाल, उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपा सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल, सुमना श्रेष्ठ, बिराजभक्त श्रेष्ठ सहभागि छन् ।

यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष ठाकुर लगायत पार्टीको नेताहरु पनि बैठकमा सहभागि छन् ।

बाढीपहिरोपछिको अवस्था, सरकारका कामकारबाही, मंसिरमा हुने उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *