सरकार अध्यादेश ल्याएर पार्टी फुटाउन लागिपर्‍यो : विपक्षी दल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको प्रतिपक्षी दलहरूको बैठकले सरकार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने दिशामा लागिपरेको आरोप लगाएको छ ।

सरकार अध्यादेश ल्याएर पार्टीहरु फुटाउने दिशामा अग्रसर भएको देखिएकाले त्यसको प्रतिवाद गर्ने विपक्षी दलहरुको बैठकले निष्कर्ष निकालेको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पचण्डले केपी ओली नेृतत्वको सरकारको रवैया ठीक नभएकाले विपक्षी चुप लागेर बस्न नहुने बताए । सरकारको यस्ता गलत कदमविरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने विषयमा सबै दल सहमत भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *