विपक्षी दलहरुले भने, ‘सरकार सुशासनमा चुक्यो,भ्रष्टाचारलाई प्रशय दियो’

काठमाडौं । विपक्षी दलको बैठकले नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकालेको छ । शुक्रबार नयाँ बानेश्वरमा बसेको विपक्षी दलको बैठकले ओली सरकार असफल भएको निष्कर्ष निकालेको हो ।

सुशासनको सवालमा पनि गम्भीर ढङ्गले चुकेको ठहर गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । यस्तै समसामयिक विषयमा सरकारलाई आइतबार ज्ञापनपत्र बुझाइने समेत उनले बताए ।

उनका अनुसार बैठकले बाढी पहिरो पीडितको राहत र उद्धारको सन्दर्भमा सरकारको भूमिका गैरजिम्मेवार देखिएको बैठकले निष्कर्ष निकालेको छ । यस्तै सरकार सुशासनको सवालमा चुकेको, भ्रष्टाचारलाई प्रशय दिएको लगायत आरोप पनि विपक्षी दलले लगाएको छ ।

बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), नेकपा (एकीकृत समाजवादी), लोसपा र आम जनता पार्टीका शीर्षसहित नेताहरू सहभागि थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *