इजिप्ट-इरानी विदेशमन्त्रीद्वारा क्षेत्रीय अवस्थाबारे छलफल

काठमाडौं । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उनका इरानी समकक्षी सेयद अब्बास अराघचीले बिहीवार कायरोमा लेबनान, गाजापट्टी र रेड सीको विकसित अवस्थाका बारेमा छलफल गरेका छन् ।

यस क्षेत्रलाई युद्धमा जानबाट रोक्न जोड दिनुभयो । अब्देलाट्टीले गाजा पट्टीमा तत्काल युद्धविराम, विनाशकारी मानवीय अवस्थालाई नियन्त्रण गर्न र क्षेत्रीय स्थायित्व र सुरक्षा पुनःस्थापनाका लागि गाजामा मानवीय सहायताको बिनाशर्त वितरणको तत्काल आवश्यकतामा जोड दिए ।

उनले लेबनानको सार्वभौमसत्तामा हानि पु¥याउने कुनैपनि चाललाई पूर्ण रूपमा अस्वीकार गर्दै लाल सागरमा भएको घटनाक्रम र समुन्द्री नेभिगेसन स्वतन्त्रताको सम्मान गर्ने महत्वलाई जोड दिए ।

यसअघि अराघचीले इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग वार्ता गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *