रवि लामिछाने पक्राउ पर्ने चर्चा, विपक्षी दलहरू एकजुट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरिएको छ ।

सरकारले सहकारी प्रकरणमा सभापति लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको हो । जसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो शीर्ष तीन राजनीतिक दलको बैठक बोलाएका थिए ।

बैठकमा लामिछानेलाई पक्राउ गर्नेबारे कुरा राखेका थिए । प्रधानमन्त्रीले बोलाएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री सहभागी थिए । प्रधानमन्त्री र गृहमन्त्रीले स्पष्ट रुपमा सहकारी प्रकरणमा लामिछाने दोषी देखिएकाले पक्राउ गर्ने बताएका थिए ।

हिजो प्रधानमन्त्रीले बैठक बोलाएपछि आज शुक्रवार प्रमुख प्रतिपक्षी दलले पनि विपक्षी दलको बैठक बोलायो । माओवादीका अध्यक्ष प्रचण्डको आह्वानमा बसेको बैठकमा लामिछाने पक्राउ पन सक्ने विषयमा छलफल चल्यो ।

बैठकमा अध्यक्ष प्रचण्डले रास्वपा सभापति लामिछाने पक्राउ पर्न सक्ने बताएका थिए । हिजो प्रधानमन्त्रीसँगको भेटबारे ब्रिफिङ गर्दै प्रचण्डले लामिछाने पक्राउ पर्न सक्ने बताएका हुन् ।

‘अहिले रविजी पक्राउ पर्दै हुनुहुन्छ रे भनेर चर्चा भइरहेको छ, उनले भने, ‘राज्यले उहाँलाई पक्रिन सक्छ ।’

नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतका अनुसार विपक्षी दलहरूले भने रविलाई पक्राउ गरे प्रतिवाद गर्ने निर्णय गरेका छन् । विपक्षी दलहरूले राजनीतिक पूर्वाग्रह साँधेर कसैलाई पनि पक्राउ गर्न बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *