छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । दाङ, बङ्लाचुली गाउँपालिका–४ जुम्लेपानीस्थित सडकमा रा.१ ख १८५७ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ७० मिटर तल खसेर गए राति दुर्घटना हुँदा चालक गढवा गाउँपालिका–७ बस्ने २९ वर्षीय प्रभु चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै झापा, बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित सडकमा मे.१ च ५९३० नम्बरको छोटा हात्ती गाडीको ठक्करबाट पैदलयात्री भारत बहादुरगञ्ज घर भई झापा बिर्तामोड नगरपालिका–३ सैनिकमोड डेरा गरी बस्ने ६५ वर्षीय आसारूलाल पानवारीको मृत्यु भएको छ । बिहीबार साँझ गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पतालमा बिर्तामोडमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै दैलेख, डुङगेश्वर गाउँपालिका–२ तल्लो डुङगेश्वर नजिक सुर्खेतबाट तल्लो डुङगेश्वरतर्फ जाँदै गरेको भे.१ त ८९६७ नम्बरको ट्याक्टर षनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक गुराँस गाउँपालिका–२ लमचुडी बस्ने ३७ वर्षीय गोपी नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय ढकाल मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकलाई थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *