देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै (तस्बिरहरू)

काठमाडौँ । अहिले देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

सरकारले कार्त्तिक २ र ३ गते देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउन सुरु गरेको हो ।

जस अनुसार सरकारले २१ लाख बालबालिकालाई भिटामिन ए र १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । यसका लागि ५२ हजार भन्दा बढी स्वास्थ्य स्वयंसेविका र १५ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *