रविको ‘क्लिन चिट र सफाई’ चलचित्र सर्वत्र फ्लप भयो,नयाँ नाटक सुपरफ्लप हुन्छ : सुर्य थापा

काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद सुर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नयाँ नाटक ‘प्रतिशोध’ सुपरफ्लप हुने बताएका छन् ।शनिवार विहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सांसद थापाले सो कुरा बताएका हुन् ।

लामिछानेले संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले आफुलाई ‘क्लिन चिट र सफाई’ दिएको बताएका थिए । उक्त भनाईप्रति व्यंग गर्दै थापाले लामिछानेको नयाँ नाटक ‘प्रतिशोध’ पनि सुपरफ्लप हुने बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘क्लिन चिट र सफाई’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कला बिहीन नयाँ नाटक मञ्चन भइरहेछ (‘प्रतिशोध !’सुपरफ्लप हुने बाटो-प्रतिक्षा गरौं ।’

लामिछानेले राजनीतिक पूर्वाग्रह साँधेर आफुलाई पक्राउ गरिएको बताएका छन् ।

पूर्व गृहमन्त्री समेत रहेका सभापति लामिछानेलाई शुक्रवार साँझ पार्टी कार्यालयबाटै पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा थप अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको थियो ।

सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले लामिछानेले सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सरकारसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *