लामिछानेलाई पक्राउ गरिएको भन्दै पोखरामा रास्वपाका नेता कार्यकर्ताको नाराबाजी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेकोमा रास्वपाका नेता÷कार्यकर्ताहरूले विरोध जनाएका छन् ।

शनिवार बिहानैदेखि पोखरामा भेला भई रास्वपाका नेता/कार्यकर्ताहरूले विरोध जनाएका हुन् ।

उनीहरुले बिना कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए । उनीहरूले सहकारी पीडितलाई न्याय दे, मानव तस्करहरूलाई कारबाही गर, दलाल माफियाहरू होसियार लगायतका प्लेकार्ड र नारा लगाइ विरोध जनाएका हुन् ।

रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रवार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो ।

सभापति लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *