रवि लामिछानेलाई पक्राउ गरेको भन्दै माइतीघरमा सरकारविरुद्ध नाराबाजी (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ गरेको भन्दै पार्टीका नेता/कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् ।

शनिवार काठमाडौंको माइतीघरमा भेला भई पार्टीका नेता/कार्यकर्ताहरूले पार्टी सभापति लामिछाने पक्राउ परेकोमा विरोध जनाएका हुन् ।

काठमाडौंको माइतीघरमा प्रदर्शनकारीहरुले सहकारी पीडितलाई न्याय दे, भ्रष्ट सरकार मुर्दावाद, दोषीलाई च्याप्ने, निर्दोषलाई न्याक्ने, भाट—भुटानी सरकार मुर्दावाद, सरकार मर्यो, जनतालाई जुठो पर्यो लगायतका प्लेकार्ड बोकी नारा लगाएका थिए ।

रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रवार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो ।

सभापति लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *