रविलाई पक्राउ गर्न नहुने भन्दै वीरगञ्जमा पार्टी समर्थकको प्रदर्शन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा वीरगञ्जमा पनि प्रदर्शन भएको छ । शनिवार रास्वपाका नेता/कार्यकर्ताहरूले वीरगञ्जमा प्रदर्शन गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआईबी० ले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रवार बेलुकी पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरेर शुक्रवार राति नै पोखरा पुर्याएको थियो ।

लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । वीरगञ्जमा भेला भई रास्वपाका नेता/कार्यकर्ताहरूले त्यहाँबाट नाराबाजी गर्दै जुलुस निकालेर नगर परिक्रममा गरेका हुन् ।

जुलुसमा सहभागीहरूले सरकारको विरोध र लामिछानेको समर्थनमा नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *