नेकपा एमालेले बोलायो सचिवालय बैठक
मकालु खबर
२०८१ कार्तिक ३ गते
काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । भोली आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।
पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषयहरूमा छलफल गर्न बैठक बोलाएका हुन् ।
बैठकमा समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बताइएको छ ।
मकालु खबर
२०८१ कार्तिक ३ गते
प्रतिक्रिया
सम्बन्धित